Logo

नेप्सेमा खुल्यो रोजगारी, अधिकृतदेखि प्रबन्धकसम्म माग

नेप्सेमा खुल्यो रोजगारी, अधिकृतदेखि प्रबन्धकसम्म माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले २७ जना कर्मचारी माग गरेको छ । नेप्सेले आन्तरिक र खुलातर्फ गरी उक्त कर्मचारी माग गरेको हो ।

खुलातर्फ प्राविधिक अधिकृतदेखि सहायक प्रवन्धकसम्म माग गरेको छ । जसमध्ये विभिन्न तीन पदमा २० जना कर्मचारी माग गरेको हो ।

यसैगरी आन्तरिक तर्फ ७ जना कर्मचारी बढुवा गर्ने भएको छ । अन्तरिक प्रतिस्पर्धाबाट ७ देखि १० तहसम्म कर्मचारी माग गरेको हो । जसमा प्रबन्धक पदमा १ जना, उपप्रबन्धक २ जना, सहायक प्रबन्धक २ जना र वरिष्ठ अधिकृत २ जना माग गरेको हो ।

उक्त पदको लागि आजको मितिबाट ३० दिनभित्र आवेदन बुझाउनु पर्ने छ । दोब्बर दस्तुर तिरी थप ७ दिनपछि सम्म बुझाउन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL