Logo

साढे ६ अंकले ओरालो लाग्यो नेप्से, ३० करोडमा खुम्चियो कारोवार

साढे ६ अंकले ओरालो लाग्यो नेप्से, ३० करोडमा खुम्चियो कारोवार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ६ दशमलव ६८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ३७ दशमलव ४६ अंकमा झरेर बन्द भएको हो ।

बिहीवार कारोवारमा आएका अधिकांश समुह ओरालो लागेका छन् । सो दिन वीमा समुह सवैभन्दा बढी र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ९ दशमलव २५ अंकले ओरालो लागेको हो ।

त्यस्तै विकास बैंक,उत्पादन,फाइनान्स र जलविद्युत समुह क्रमशः १ दशमलव ६१ अंकले घटेको छ । यता होटल र अन्य समुह भने क्रमशः ३ दशमलव ७६ र १५ दशमलव ९२ अंकले बढेको छ ।

बिहीवार बैंक अफ काठमाडौं लुम्विनी लिमिटेडको सवैभन्दा बढी ४ करोड ६४ लाखको कारोवार भएको छ ।  १ सय ३० ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ७ लाख कित्ता सेयरबाट ३० करोड बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL