Logo

चार करोडको लगानीमा खुल्योे आईसीए ट्रेनिङ सेन्टर, नयाँ व्यवसायीक योजना ल्याउनेलाई १५ लाखसम्म सहयोग

चार करोडको लगानीमा खुल्योे आईसीए ट्रेनिङ सेन्टर, नयाँ व्यवसायीक योजना ल्याउनेलाई १५ लाखसम्म सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । काठमाडौंमा आधुनिक सुविधा सम्पन्न ट्रेनिङ सेन्टर खुलेको छ । कोटेश्वरको बालकुमारीमा चार करोड रुपैयाँको लगानीमा तारे होटल स्तरको आईसीए ट्रेनिङ सेन्टर संचालनमा आएको छ । उक्त सेन्टरले ग्राहकलाई थ्री स्टार होटल स्तरीय सुविधा न्युन शुल्कमा उपलब्ध जानकारी दिएको छ ।

jeem_ICA

कम्प्लेक्समा १५ देखि १ सय जनासम्म अटाउने ६ वटा हल छन् । सेन्टरका हरेक हलमा भिडियो कनफरेन्सिङ सुविधा छ । सेन्टरले कार्यक्रम गर्न चाहनेहरुलाई स्पेस प्रदान गर्नेछ । सेन्टर आफैंले सीटिईभिटी र लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न किसिमका तलीम समेत प्रदान गर्ने संचालक सुदीप कोइरालाले जानकारी दिए ।

तालिम केन्द्रमा ४५ जनालाई सेवा दिन सकिने इन्डोर र १ सय ५० जनालाई सेवा दिन सकिने आउट डोर रेस्टुराँ छ । सेन्टरमा १ सय ३५ जनालाई आवासीय सुविधा उपलब्ध गराउन सक्ने सिंगल र कमन बेड रुम छन् । आइसिए सेन्टरले अनलाइन र फिजिकल लाइव्रेरी समेत स्थापना गरेको छ । सो सेन्टरमा साउना, जिमलगायतका सुविधा रहेका छन् ।

ट्रेनिङ सेन्टरले विजनेस इन्कुभेसन सेन्टर समेत संचालन गरेको छ । नयाँ खालका बिजनेश आइडिया ल्याउनेलाई सेन्टरले १ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म सहयोग गर्ने कोइरालाले जानकारी दिए । ट्रेनिङ सेन्टरले ह्यान्डी म्यान सपोर्ट सर्भिसमार्फत घरघरमा आवश्यक १ सय २५ प्रकारका शीपयुक्त जनशक्तिसमेत उपलब्ध गराउने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL