Logo

नेपाल–इजरायल चेम्बरको स्थापना, व्यापार र लगानी बृद्धिमा सहयोग

नेपाल–इजरायल चेम्बरको स्थापना, व्यापार र लगानी बृद्धिमा सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल र इजरायलबीच ब्यापार, लगानीलगायतका आर्थिक गतिविधिलाई प्रोत्ताहन गर्ने उद्देश्य अनुरुप नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना भएको छ ।

आज एक कार्यक्रबीच परराष्ट्र मन्त्री डा. प्रकाशरण महतले उक्त कार्यक्रमको स्थापना गर्दै निक्कीको स्थापना गरिएको हो । नेपाल इजरायल चेम्बर अफ कमर्सको नवगठित समितिको अध्यक्षमा शिशिरकुमार भट्ट चयन भएका छन् ।

यसैगरी उपाध्यक्षमा रविचन्द्र सिंह, महासचिव जेआर (सागर) थापा, कोषाध्यक्ष हेमन्त गोल्छा तथा सदस्यहरुमा शैलेन्द्रकुमार श्रेष्ठ, सन्दिपकुमार शारदा र सुदीप आचार्य रहेका छन् ।

कार्यक्रममा इजरायलका कृषि विज्ञ जेभि हम्र्यानले ‘इजरायलको वाटर टेक्नोलोजी’ बारे आफ्नो प्रस्तुति दिएका थिए । हम्र्यान इजरायल सरकारको कृषि तथा ग्रामीण विकास मन्त्रालयका पूर्व सल्लाहकार हुन् । हाल उनी एलआर ग्रूपको कृषि विभागको विजनेस डेभलपमेन्ट कार्यकारी निर्देशक हन् । त्यसअघि उनले इजरायलको वासिङगटनस्थित दूतावासमा कृषि तथा विज्ञान मामिला मन्त्रीका रुपमा अमेरिका, क्यानाडा र मेक्सिकोका लागि कुटनितिज्ञको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL