Logo

अग्नि इन्कर्पाेरेटेडले खोल्यो चरिकोटमा महिन्द्राको शोरुम, सबै प्रकारका गाडी उपलब्ध

अग्नि इन्कर्पाेरेटेडले खोल्यो चरिकोटमा महिन्द्राको शोरुम, सबै प्रकारका गाडी उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दोलखाको चरिकोटमा महिन्द्रा गाडीको शोरुम संचालनमा ल्याएको छ । महिन्द्रा गाडीको नेपालको लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले उक्त शाखा संचालनमा ल्याएको हो ।

कम्पनीले चरिकोटमा कार्की मल्टिमिडिया कन्सर्नको उद्घाटन गरी शाखा संचालनमा ल्याएको हो । उक्त शोरुमको नेपालका लागि महिन्द्रा, इन्डियाको कन्ट्री म्यानेजर आशिष जोशी र उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ग्राहकहरुका माझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यस नयाँ शोरुम संचालनमा ल्याएको कम्पनीले जानकारी दिएको हो ।

उक्त शोरुमले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स उपलब्ध हुनेछ । उद्घाटन कार्यक्रममा बोल्दै अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट् डिरेक्टर – सेल्स्, वरदान बस्नेतले सो नयाँ शोरुमको स्थापनाले ग्राहकहरुलाई महिन्द्राका उत्कृष्ट सेवाहरुको पहुँच झनै सहज हुनुका साथै स्थानीय क्षेत्रमा अन्य विभिन्न आर्थिक लाभ पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL