Logo

सेवीद्वारा सेवन कर्मचारीलाई तालिम, नेपालको धितोपत्र बजारमा आउला सुधार ?

सेवीद्वारा सेवन कर्मचारीलाई तालिम, नेपालको धितोपत्र बजारमा आउला सुधार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय पूँजी बजारको नियामक निकाय सेवीको विज्ञ टोलीले नेपाल धितोपत्र बोर्डको कर्मचारीलाई तालिम प्रदान गरेको छ । धितोपत्र बजारको संरचना, नियमन तथा सुपरिवेक्षण विधि, नियमन निकायको सांगठनिक संरचनालगायतका विषयमा बोर्डका कर्मचारीलाई तालिम प्रदान गरिएको थियो ।

बोर्डले केही समय अघि भारतको धितोपत्र बजारको नियमक निकाय भारतीय प्रत्याभूति तथा विनिमय बोर्ड (सेवी) सँग प्राविधिक सहयोगका लागि अनुरोध गरेको थियो । सोही अनुरुप सेवीका महाप्रबन्धक बिएन साहूको नेतृत्वमा आएको तीन सदस्यीय विज्ञ टोलीले धितोपत्र बजार नियमन तथा सुपरिवेक्षण सम्बन्धमा बोर्डका ३५ जनाकर्मचारीलाई तालिम दिएको हो ।

बोर्डको संस्थागत क्षमता अभिबृद्धि तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बोर्डले तीन दिने तालिकको आयोजना गरेको थियो । कार्यक्रममा सेवीको साङगठनिक संरचनाको विषयमा जानकारी दिइएको थियो । सेवीले ऐनमार्फत धितोपत्र बजार नियमनगर्न आफैले आवश्यक नीति नियम बनाउन सक्ने अधिकार, संचालनमा पूर्ण स्वायत्तता सहितको र नियम उल्लंघन गर्नेलाई कारवाहीगर्न सक्ने न्यायिक अधिकार प्राप्त गरेको र सोहीअनुसार बोर्डको संरचनामा विज्ञ सदस्यहरुको बाहुल्यता रहेको जानकारी दिएका थिए ।

साथै, उक्त विज्ञ समूहले धितोपत्र बजारमार्फत सर्वसाधारणसँग रहेको पूँजी उत्पादनशील क्षेत्रमा परिचालिन गरी अर्थतन्त्र विकास–विस्तारका लागि नेपालको विद्यमान प्राथमिक बजारमा संरचनात्मक सुधार गर्नुपर्ने बताउँदै भारतीय पूँजी बजार नियम परिपालना सम्बन्धी व्यवस्थाहरु अन्तर्राष्ट्रिय वित्तीय सूचनाप्रवाह स्तर तथा संस्थागत सुशासनजस्ता विषयमा जानकारी दिएका छन् । कार्यक्रममा वार्ताको अभिलेख र प्रणालीको संपरिक्षणको व्यवस्था, अनलाईन कारोवार, राफसाफ तथा फछ्र्यौट र अन्कसन मार्केट सम्बन्धी विषय जानकारी समेत दिइएको थियो ।

कार्यक्रमको समापन गर्दै बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले सेवोन र सेवी करिव सँगसगै स्थापित भएपनि विकासको क्रममा सेवी धेरै अगाडि बढी सकेकोले सेवोनले सेवीबाट धेरै जानकारी लिन सक्ने बताए । साथै सेवोनले संरचनात्मक तथा सांगठनिक रुपमा आफूलाई बलियो बनाउँदै लानुका साथै आफ्नो क्षमता अभिबृद्धि गर्दै धितोपत्र बजार नियमन तथा सुपरिवेक्षणमा पनि सवल भएको सावित गर्दै जानु पर्ने उनको भनाइ छ । तालिमले बोर्डका कर्मचारीलाई पूँजी बजार नियमन तथा सुपरिवेक्षण सम्बन्धमा गहन जानकारी प्राप्त भएको र यसबाट कर्मचारीहरुको क्षमता अभिवृद्धि भई कार्य सम्पादनमा सुधार आउने विश्वास व्यक्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL