Logo

सिद्धार्थ इन्स्योरेन्सको एकै दिन दुई शाखा, चालू आवभित्रै ४० वटा पुर्याइने

सिद्धार्थ इन्स्योरेन्सको एकै दिन दुई शाखा, चालू आवभित्रै ४० वटा पुर्याइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले एकै दिन दुई वटा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले चावहिल र समाखुशीमा दई नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनी संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रुपमा गरेका हुन् । सो कार्यक्रममा बीमा समितिका निर्देशक श्रीमान कार्की तथा कम्पनीको सञ्चालक प्रमोद पाण्डेयको उपस्थित रहेकोे थियो ।

कार्यक्रममा प्रमुख अतिथि चापागाईले सिद्धार्थ ईन्स्योरेन्सले ११ वर्षको दौरानमा बीमा व्यवसायमा गरेको प्रगति एवं बीमीतहरुलाई पुर्याएको सेवाको प्रशंसा गर्दै कम्पनीको हरेक सुचकाङ्कहरु सकारात्मक रहेकोे बताए ।

यसैगरी सञ्चालक समितिका अध्यक्ष कम्पनीले आगामी दिनमा आफ्नो सेवालाई थप विस्तार गर्दै गाउँगाउँमा पुर्याइने बताए । कार्यक्रममा कम्पनीका का.मु. महाप्रवन्धक वीरेन्द्र वैदवार क्षेत्रीले अहिले सम्म २९ वटा शाखा सञ्जालद्धारा स्तरिय बीमा सेवा प्रदान गर्दै आएको चालू आर्थिक वर्ष भित्रै शाखा संजाल विस्ता गरी देशभर ४० वटा शाखा पुर्याइने जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL