Logo

दिनभर उत्तरचढाव भएको नेप्से अन्तत ४ अंकले घट्यो, ओरालो लाग्दै बीमा समुह

दिनभर उत्तरचढाव भएको नेप्से अन्तत ४ अंकले घट्यो, ओरालो लाग्दै बीमा समुह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दिनभर उत्तरचढाव भएको नेप्से परिसुचक अन्तत ४ अंकले ओरालो लागेको छ । बजार खुलेको केही समयमै झण्डै २० अंकले ओरालो नेप्से त्यस लगत्तै लय समातोको थियो । अन्तत नेप्से परिसुचक १ हजार २ सय ७५ अंकमा झरेर अडिएको छ ।

बजारमा होटल र विकास बैंक समुहका परिसुचक वाहेक सबै समुह ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ९३ अंकले घट्न पुगेको छ । यसैगरी जलविद्युत समुहको परिसुचक २७ अंकले घट्दा बैंकिङ समुहको परिसुचक सामान्य ओरालो लागेको छ ।

मंगलबार १ सय ३७ कम्पनीको सेयर कारोवार भएका छन् । ती कम्पनीको ४० करोड ४१ लाख रुपैयाँ बरावरको १० लाख ११ हजार कित्ता सेयर खरिदविक्री भएका छन् । जसमा सबैभन्दा बढी प्रभु बैंकको २ करोड ७२ लाख रुपैयाँको सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL