Logo

अधिकांश समुह उकालो लाग्दा करिव साढे २६ अंकले बढ्यो नेप्से, ५० करोडको कारोवार

अधिकांश समुह उकालो लाग्दा करिव साढे २६ अंकले बढ्यो नेप्से, ५० करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक २६ दशमलव ४८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ७८ दशमलव ९८ अंकमा पुगेर बन्द भएको हो ।

सोमवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ९२ दशमलव ८९ अंकले उकालो लागेको छ ।

त्यस्तै जलविद्युत ३३ दशमलव ५९ र सेयर बजारमा सवै भन्दा बढी प्रभाव रहेको बैंकिङ समुह ३० दशमलव २३ अंकले बढेको छ । त्यसैगरी अन्य र विकास बैंक समुह क्रमशः १५ दशमलव ३३ र ३ दशमलव ७९ अंले उकालो लागेको छ ।

सोमवार  नेपाल बंगलादेश बैंकको ३ करोड ४६ लाखको कारोवार भएको छ । सो दिन १ सय ३८ कम्पनी कारोवारमा आएकोमा १३ लाख कित्ता सेयर कारोवार भएको छ । आइतवार सेयर बजारमा जम्मा ५० करोड बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL