Logo

इटहरीमा जेसीबीको अपरेटर भेला, मेसिनको प्रयोग र हेरचाहवारे प्रशिक्षण

इटहरीमा जेसीबीको अपरेटर भेला, मेसिनको प्रयोग र हेरचाहवारे प्रशिक्षण


बिजखबर संवाददाता
0
Shares

२८ माघ, काठमाडौं– नेपालका लागि जेसीबी कन्स्ट्रक्स एन्ड हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्राइभेट लिमिटेडले बिहीबार इटहरीमा ‘अपरेटर मिट’ आयोजना गरेको छ । हेभि इक्विपमेन्टका अपरेटरहरुलाई जेसीबीका मेसिनको प्रयोग र हेरचाह कसरी गर्ने भन्ने सिकाउन एमएडब्लुले कार्यक्रम आयोजना गरेको हो ।

इटहरी र आसपासका क्षेत्रका ३५ जना अपरेटरहरुले सहभागिता जनाएको ‘अपरेटर मिट’मा जेसीबीका इन्जिनियर तथा विज्ञहरुले मेसिनको पाटपूर्जाबारे जानकारी दिएका थिए । साथै साथै मेसिनलाई बिग्रनबाट बचाउन अपनाउनुपर्ने सावधानीबारे सचेत पारिएको थियो । ‘यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अपरेटरहरुलाई मेसिनको हेरचाह र मर्मतबारे शिक्षा दिनु हो,’ एमएडब्लु अर्थमुभर्सका मार्केटिङ म्यानेजर सञ्जिव देउजाले भने, ‘यसले अपरेटर र मेसिन मालिक दुवैलाई फाइदा पु¥याउने अपेक्षा हामीले लिएका छौं ।’

कार्यक्रममा अपरेटरहरुलाई मेसिन बिग्रनबाट बचाउन र बिग्रिहाले के गर्ने भन्नेबारे पनि जानकारी गराइएको थियो । विशेषज्ञहरुले मेसिनमा जेन्युइन पार्टस्को महत्वबारे पनि बताएका थिए । ‘अपरेटर मिट’मा चिकित्सकहरुले अपरेटरको स्वास्थ्य परीक्षण समेत गरेका थिए ।

एमएडब्लु अर्थमुभर्स प्राइभेट लिमिटेडले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो । जेसीबी ललितपुरको धोबीघाटमा आवस्थित छ र यहाँ दुई सय ६० कर्मचारी कार्यरत छ । नेपालको निर्माण तथा हेभि इक्विपमेन्ट क्षेत्रमा जेसीबीको बजार हिस्सा ५५ प्रतिशतभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL