Logo

बीमक संघमा सर्वसम्मतीमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः शाह

बीमक संघमा सर्वसम्मतीमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः शाह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा पुनः बिजयबहादुर शाह चयन भएका छन् । संघको १५ औं साधारणले उनलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

संघको नयाँ नेतृत्व चयन सबै पदमा सर्वसम्मतीबाट भएको हो । जसमा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत शाह पुनः अध्यक्ष भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा प्रेडेन्सियल इन्स्योरेन्सका वीरकृष्ण मर्हजन, महासचिवमा एनबी इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको कोषाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका बिरेन्द्रबहादुर बैदवार क्षेत्री चयन भएका छन् भने सदस्यहरुमा सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधान चयन भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL