Logo

फाल्गुन महिनामा चन्द्रागिरीको विशेष अफर, हप्ताको ४ दिन टिकटमा ५० प्रतिशत छुट

फाल्गुन महिनामा चन्द्रागिरीको विशेष अफर, हप्ताको ४ दिन टिकटमा ५० प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चन्द्रागिरी केवलकारले फागुन महिनामा आउने दर्शनार्थीहरुको लागि विशेष अफर ल्याएको छ । चन्द्रागिरी हिल्सद्वारा प्रर्वद्वित चन्द्रागिरी केबलकारले फाल्गुण महिनामा हप्ताको ४ दिन टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार फागुको सोमबार, मंगलबार, बुधबार र बिहीबार आउने दर्शनार्थीको लागि उक्त छुट दिइने छ । जसअनुसार सो दिन पहिला आउने २ सय दर्शनार्थीका लागि सो छुट उपलब्ध गराइनेछ ।

छुट व्यवस्था अनुसार ७ सय रुपैयाँ पर्ने केबलकार टिकट ३ सय ५० रुपैयाँमा पाइनेछ । यस सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट पाइने छ भने उक्त टिकट सोही दिनको लागि मात्र मान्य हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL