Logo

थप ‘पेनिक’ बन्दै सेयर बजार, सबै समुह ओरालो लाग्दा २२ अंकले घट्यो नेप्से

थप ‘पेनिक’ बन्दै सेयर बजार, सबै समुह ओरालो लाग्दा २२ अंकले घट्यो नेप्से


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समययता बियरिस ट्रेड समातेको नेप्से परिसुचक बुधबार पनि २१ दशमलव ६२ अंकले ओरालो लागेको छ । बजार लगातार ओरालो लाग्न थालेपछि त्यसले लगानीकर्तामा निराशा ल्याएको छ । बुधबार बजार उच्च रुपमा घट्दै १ हजार ३ सय २३ अंकमा झरेर अडिएको छ ।

बढ्दो ब्याजदर तथा बैंकहरुले दवाव दिँदै मार्जिक कल गर्न थालेपछि लगानीकर्ताले घाटा खाएरै भएपनि सेयर विक्री गर्न थालेका छन् । बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ७९ अंकले ओरालो लागेको छ ।

यस्तै बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक १८ दशमलव ५९ अंकले घट्न पुगेको छ । होटल समुहको परिसुचक ४४ अंकले घट्दा विकास बैंक र जलविद्युत समुह २०÷२० अंकले ओरालो लागेको छ भने फाइनान्स समुह पनि ७ अंकले घट्न पुगेको छ ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्सेमा ३४ करोड ५७ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । दिनभर १ सय ३७ कम्पनीको १० लाख १८ हजार कित्ता सेयर खरिदविक्री भएको छ । बजारमा उच्च १० कढी कारोवार हुने सबै कम्पनीको १ करोड रुपैयाँ माथीको कारोवार भएको छ । जसमा सबैभन्दा बढी प्रभु बैंकको २ करोड ५० लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL