Logo

नेशनल लाईफको विक्री प्रवन्धकमा एनआईबिएल, १ करोड ३२ लाख कित्ता हकप्रद जारी

नेशनल लाईफको विक्री प्रवन्धकमा एनआईबिएल, १ करोड ३२ लाख कित्ता हकप्रद जारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी जारी गर्न लागेको हकप्रद सेयरको लागि एनआईबिएल क्यापिटललाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमबीच एनआईबिएललाई विक्री प्रवन्धक नियुक्ती गर्न सम्झौता गरेको हो ।

नेशनल लाइफले २८ औं वार्षिक साधारण सभावाट पारित भए अनुसार १ बरावर १ को अनुपातमा हकप्रद निष्काशन गर्नेछ । जस अनुसार हालको चुक्ता पूँजी अनुसार १ करोड ३२ लाख ४८ हजार ६ सय ३७ कित्ता हकप्रद निष्काशन गर्नेछ ।

कम्पनीको जीवन बीमा कोष १६ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/०७३ मा कूल ३ अर्ब ८४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL