Logo

नेपाल भित्रियो फिको, नेपाली प्रतिनिधिमा इलम, रोकिएला वित्तीय अपराध ?

नेपाल भित्रियो फिको, नेपाली प्रतिनिधिमा इलम, रोकिएला वित्तीय अपराध ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वित्तीय अपराध न्युनिकरण गर्ने उद्देश्य अनुरुप अमेरिकन सफ्टवेयर निर्माता कम्नपी फिको नेपालमा भित्रिएको छ । स्थानीय साझेदार इलममार्फत फिको नेपाली बजारमा भित्रिएको हो ।

बैंकिङ क्षेत्रमा बढ्दो अपराध न्युनिकण गर्न सहयोग गर्ने उक्त सफ्टवेयरलाई नेपालमा पनि भित्र्याइएको इलमका प्रमुख कार्यकारी अधिकृत अनिलबहादुर गजमेरले जानकारी दिए । ‘यो सफ्टवेयर ९० देशका १ हजार १ सयभन्दा बढी बैंकमा लागू भइसकेको छ,’ उनले भने, ‘यस सफ्टवेयरले नेपालमा पनि वित्तीय अपराध रोक्न न्युनिकरण गर्ने छ ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले वित्तीय क्षेत्रमा देखिएको अपराध र सम्पती सुद्धिकरण रोक्न खाता खोल्दा ‘नो योर कस्टुमर’ केवाईसीलाई कडाइका साथ लागू गरिनुपर्ने बताए । ‘आर्थिक र वित्तीय अपराध विश्वमै सबैभन्दा छिटो हुने अपराधमध्ये एक रहेको र यसले देशकै अर्थ व्यवस्था तथा बैंकिङ प्रणालीलाई तहसनहस पार्नेछ,’ उनले भने, ‘तसर्थ यस्ता अपराध रोक्नका लागि विश्व स्तरीय आधुनिक प्रविधिको आवश्यक छ ।’

नेपालको बैंकिङ क्षेत्रमा पनि कालोधन तथा अन्य वित्तीय अपराध न्युनिकरण गर्न आवश्यक रहेकाले विश्वस्तरीय कम्पनी फिकोलाई नेपालमा भित्र्याइएको गजमेरले जानकारी दिए । उक्त सफ्टवेयरले वित्तीय अपराध र सो सम्बन्धी कारोवारलाई सजिलै चिन्ने र त्यस्ता कारोवारको छानविन गर्न सहयोग गर्ने उनको दावी थियो ।

यसैगरी फिकोका उपाध्यक्ष टोरस्टेन मायरले फिकोले विश्व बजारमा आफ्नो प्रभुत्व जमाएको र नेपालको बैंकिङ क्षेत्रमा पनि प्रभावकारी हुने दावी गरे । उक्त सफ्टवेयरले ठूला तथा वित्तीय अपराध सम्बन्धी कारोवारको वारेमा छानविन गरी जानकारी दिने छ । फिकोले सो सम्बन्धमा नेपाल बैंकर संघ र डाउजोन्ससँग पनि आर्थिक अपराधबाट आईपर्ने समस्या र तिनका समाधानका विषयमा कार्यशाला गोष्ठी गरेको थियो ।

कार्यक्रममा बैंकर संघका अध्यक्ष अनिल शाहले पनि अबका दिनमा वित्तीय अपराध रोक्नका लागि आधुनिक प्रविधिको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL