Logo

लामो समय होल्ड गरेका लगानी कर्ताले घटेर बेच्न थाले सेयर, २५ अंकले घट्दा ३८ करोडको कारोवार

लामो समय होल्ड गरेका लगानी कर्ताले घटेर बेच्न थाले सेयर, २५ अंकले घट्दा ३८ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लामोसमय न्यून कारोवार भएको सेयर बजारमा पछिल्लो कारोवार रकम बढ्न थालेको छ । लगानीकर्ताले लामो समय होल्ड गर्दा पनि सेयर बजार नवढेपछि कम मूल्यमै भएपनि बेच्न थालेका हुन् ।

लगानीकर्ताले घट्दो बजारमा आफुसँग भएको सेयर कारोवार नै नगरी बसेका थिए । तर, लामो समयसम्म होल्ड गर्दा पनि बजार नबढेपछि बढ्दो ब्याजदर र मार्जिन कलको प्रेसर थेग्न नसकेपछि घाटा खाएरै भएपनि सेयर बेच्न थालेको एक लगानीकर्ताले बताए । ‘केही व्यक्तिहरुले बजारमा चलखेल गर्न थालेपछि साना लगानीकर्ताले आफुसँग भएको सेयर होल्ड गरेर राखेका थिए,’ ती लगानीकर्ताले भने, ‘तर लामो समयसम्म पनि बजार स्थिरजस्तै रहेपछि उनीहरुले कम मूल्यमै भएपनि सेयर बेच्न थालेका छन् ।

झण्डै १ महिना दैनिक कारोवार ३० करोड रुपैयाँभन्दा कम रहेकोमा अहिले बढेर ४० करोड रुपैयाँ आसपास पुगेको छ । मंगलबार पनि नेप्से परिसुचक २४ दशमलव ८९ अंकले घट्दा कारोवार रकम बढेर ३८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

बजारमा सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ४० अंकले घटेको छ भने बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि झण्डै २६ अंकभन्दा बढीले ओरालो लागेको छ ।

यसैगरी, विकास बैंक समुह २० अंकले घट्दा फाइनान्स समुहको परिसुचक १८ अंकले ओरालो लागेको छ । बजारमा जलविद्युत समुह ३० र होटल समुहको परिसुचक १८ अंकले घटेका छन् ।

दिनभर कुल १ सय ३० कम्पनीको ८ लाख ५३ हजार कित्ता सेयर कारोवार भएका छन् । गत हप्तामात्र सेयर कारोवार अनुमति पाएको प्रभु बैंकको सेयर खरिदविक्री बढेसँगै बजारमा कारोवार रकम बढ्न पुगेको छ । बजारमा बढी करोवार हुने कम्पनीको अग्रस्थानमा आज पनि प्रभु बैंक नै रहेको छ । प्रभुको साधारण र संस्थापक गरी सोढे ४ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL