Logo

एक हजार कम्पनीको सेयर बजारमा संस्थागत लगानी, एकै व्यक्तिले चलाउँछन् २०कम्पनी

एक हजार कम्पनीको सेयर बजारमा संस्थागत लगानी, एकै व्यक्तिले चलाउँछन् २०कम्पनी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा १ हजार भन्दा बढी कम्पनीले संस्थागत रुपमा लगानी गरिरहेको भेटिएको छ । हालसम्म ३ सयवटा कम्पनी सेयर बजारमा लगानीगर्ने उद्देश्य सहित स्थापना भएपनि गैरकानुनी रुपमा अन्य कम्पनीले पनि लगानी गरिरहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

बोर्डले केही समय अघि धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने कम्पनीको वारेमा एक अध्ययन गरेको थियो । सो अध्ययन अनुसार सेयर बजारमा लगानी गर्ने उद्देश्य नराखी स्थापना भएको कम्पनीले पनि सेयर बजारमा लगानी गरिरहेको भेटिएको बोर्डले जानकारी दिएको छ ।

हाल सेयर बजारमा संस्थागत लगानी गर्ने कम्पनीमध्ये झण्डै २ तिहाइभन्दा बढी कम्पनीले उद्देश्यभन्दा वाहिर गएर लगानी गर्दै आएको बोर्डको रिपोर्टले देखाएको छ । साथै, अध्ययनको क्रममा एउटै व्यक्ति कार्यकारी प्रमुख रही २० वटासम्म कम्पनी संचालन गरिरहेको भेटिएको समेत बोर्डले जानकारी दिएको छ ।

बजारलाई व्यवस्थित गर्न कम्पनीको उद्देश्यभन्दा वाहिर गएर लगानीगर्दै आएका कम्पनीलाई थप व्यवस्थित गर्नुपर्ने बोर्डको धारणा छ । ‘बजारमा अन्य संस्थागत लगानीकर्ता तथा धितोपत्र व्यापारीको समेत अभाव भएको अहिले अवस्थामा यस्ता निजी लगानी कम्पनीलाई व्यवस्थित गर्न आवश्यक देखिएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘प्रारम्भिक अध्ययन अनुसार लगानी कम्पनीको सन्दर्भमा थप अध्ययन गरी यस्ता कम्पनीहरुलाई पूँजी बजारको नियमन दायरामा ल्याउन सहज हुने र यसबाट लगानी कम्पनीहरुको गतिविधी समेत पारदर्शी हुनेछ ।’ जसले गर्दा धितोपत्रको दोस्रो बजार थपव्य वस्थित रुपमा विकास तथा विस्तार हुने बोर्डको विश्वास छ ।

लगानीकर्ताको अनुशासित एवं विवेकशिल संलग्नताबाट धितोपत्र बजार स्वच्छ, प्रभावकारी र विश्वासिलो बनाउन बोर्डले दोस्रो बजारमा लगानी गर्ने कम्पनीको वारेमा प्रारम्भिक अध्ययन गरेको थियो । बोर्डले अध्ययनका क्रममा बजारमा रहेका सम्पूर्ण धितोपत्र दलाल व्यवसायीमार्फत सेयर कारोबार गरिरहेका लगानी कम्पनी सम्बन्धी विवरण माग गरी प्राप्त विवरणलाई अध्ययनको मुख्य आधार बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL