Logo

नेप्से ८ अंकले घट्दा प्रभुको संस्थापक सेयरले बढायो कारोवार, प्रायजसो परिसुचक घटे

नेप्से ८ अंकले घट्दा प्रभुको संस्थापक सेयरले बढायो कारोवार, प्रायजसो परिसुचक घटे


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ७ दशमलव ९६ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि आरालो लाग्न शुरु भएको नेप्से परिसुचक दिनभर उत्तरचढाव हुँदै अन्तमा घटेको हो ।

बजारमा उत्पादनमुलक र फाइनान्स समुहको परिसुचक वाहेक अन्य सवै समुह ओरालो लागेका छन् । बैंक र बीमा समुहको परिसुचक बढी अंकले घट्दा समग्र नेप्से परिसुचक झण्डै ८ अकले ओरालो लागेको हो ।

सोमबार सवैभन्दा बढी बीमा समुहको परिसुचक ६६ अंकले ओरालो लागेको छ । यसैगरी बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसचक पनि ८ दशमलव ६३ अंकले घट्न पुगेको छ । विकास बैंक समुह ६ दशमलव ६३ अंकले ओरालो लाग्दा होटल समुह १७ अंकले घटेको छ भने अन्य र जलविद्युत समुह सामान्य मात्र ओरालो लागेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोवार रमक भने बढेको छ । तर, प्रभु बैंकको १० करोड ४२ लाख रुपैयाँ बरावरको संस्थापक सेयर खरिदविक्री हुँदा समग्र कारोवार रकम बढ्न पुगेको हो ।

दिनभर कुल १ सय २३ लाख २५ हजार किक्ता सेयर खरिदविक्री भएको हुँदा कुल कारोवार ४३ करोड २३ लाख रुपैयाँ बरावरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL