Logo

आस्वा प्रणालीबाट सेयर आवेदन दिँदा समस्या आयो ? धितोपत्र बोर्डलाई भन्नुस

आस्वा प्रणालीबाट सेयर आवेदन दिँदा समस्या आयो ? धितोपत्र बोर्डलाई भन्नुस


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणाली अन्तरगत सेयर आवेदन दिँदा कुनै समस्या तथा द्धिविधा पर्न गएका आफुलाई जानकारी गराउन अनुरोध गरेको छ । आस्वा प्रणाली अन्तरगत लगानीकर्ताले उत्साहपूर्वक सार्वजनिक निष्काशनमा आवेदन दिएको र सो सम्बन्धमा केही समस्या आएका तत्काल जानकारी गराउन सम्बद्ध पक्षलाई अनुरोध गरेको छ ।

बोर्डले यही माघ १ गतेदेखि आस्वा प्रणाली लागू गरेको थियो । १ गतेदेखि नै लागू गरेपनि कार्यान्वयन भने आजबाट सार्वजनिक निष्काशन गरेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सबाट भएको हो । आज भएको सर्वाजनिक निष्काशनको लागि बोर्डल उपत्यकाका विभिन्न ६ र उपत्यका बाहिरका ठाउँहरुमा टोली खटाई निरीक्षण समेत गरेको थियो ।

हाललाई उक्त प्रणाली हाल ऐच्छिक भएता पनि आस्वा प्रणालीमा लगानीकर्ताहरुले उत्साहप्रद रुपमा सहभागिता देखिएको बोर्डको दावी छ । आस्वा अन्तरगत २३ बाणिज्य बैंक तथा ११ वटा विकास बैंकहरुले ७३ जिल्लामा रहेका करिव १७ सय शाखा कार्यालयहरु मार्फत धितोपत्रको सार्वजनिक निष्काशनको बखत दरखास्त संकलन कार्य गर्न बोर्डबाट अनुमति प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL