Logo

जुत्ता चप्पलको विग सेल मेला सकिन १ दिन बाँकी, ७५ प्रतिशतसम्म छुटको अफर

जुत्ता चप्पलको विग सेल मेला सकिन १ दिन बाँकी, ७५ प्रतिशतसम्म छुटको अफर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेला सकिन २ दिन बाँकी रहेको छ । पुस १४ गतेदेखि चलेको सो मेला यही माघ ९ गते सकिने आयोजकले जानकारी दिएको छ ।

sky_shoe

 

 

बिग सेल मेलामा नेपालमा प्रमुख जुत्ता तथा चप्पल निर्माता कम्पनील जाडो याम लक्षित गरि नयाँ डिजाइनका जुत्ता सेलमा राखेको छ । मेलामा कम्पनीले जुत्ताको खुद्रा बिक्रि मुल्यमा १५ प्रतिशत देखि ७५ प्रतिशत सम्म छुट उपलब्ध गराउँदै आएका छन् । मेलामा सस्तो मूल्यमा नेपालमा उत्कृष्ट ब्राण्डका जुत्ता चप्पल पाइने भएकाले ग्राहकहरुको भीड लागेको आयोजक नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाइले बताए ।

shoe_mela

 

मेलामा १ सय ५० देखि १० हजारसम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । मेला उपभोक्ताले सर्वसुलभ मूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने आयोजकको विश्वास छ । नेपाली जुत्ता घरमा आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यस अघिका बिग सेल मेलामा आएका उपभोक्ताहरुनै यस मेलामा बढी आउने गरेको प्रसाई बताउँछन् ।

मेलामा शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलर जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु उपलब्ध छन् । यो मेलामा साढे २ लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको छ । नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL