Logo

३ अंकले ओरालो लाग्यो सेयर बजार, ३४ करोड ३५ लाखको कारोवार

३ अंकले ओरालो लाग्यो सेयर बजार, ३४ करोड ३५ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ३ दशमलव ०५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ६३ अंकमा झरेर बन्द भएको हो । मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी २२ दशमलव ७७ अंकले घटेको छ । त्यस्तै फाइनान्स ४ दशमलव ७,जलविद्युत ४ दशमलव ४८ , बैंकिङ ३ दशमलव ९९ र अन्य समुहको परिसुचक २ दशमलव ६१ अंकले ओरालो लागेको छ ।

मंगलवार होटल,विकास बैंक र उत्पादन समुहको परिसुचक भने क्रमशः ३४ दशमलव ८५,२ दशमलव ८५ र ० दशमलव ३५ अंकले उकालो लागेको छ । मंगलवार प्रभु बैंकको ७ करोड ४ लाख बराबरको सेयर कारोवार भएको थियो ।

सो दिन १ सय ३० कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ८ लाख ५० हजार कित्ता सेयरबाट ३४ करोड २५ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL