Logo

परिसुचक ३ अंकले बढ्दा कारोवार ३२ करोडमा सिमित, कसले किन्यो सिद्धार्थ इन्भेष्मेण्टको साढे २१ लाख युनिट

परिसुचक ३ अंकले बढ्दा कारोवार ३२ करोडमा सिमित, कसले किन्यो सिद्धार्थ इन्भेष्मेण्टको साढे २१ लाख युनिट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विहीबार बजारमा ३ दशमलव ३५ अंकले बढेर बन्द भएको छ । बजार खुलेदेखि नै सामान्य घटवढ भएको नेप्से परिसुचक अन्तमा बढेको हो । साताको अन्तिम दिन नेप्से परिसुचक १ हजार ४ सय ७९ दशमलव ८६ अंकमा पुगेर अडिएको छ ।

केही समययता संकुचित हुँदै गएको कारोवार विहीबार पनि बढ्न सकेन । बजारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र लक्ष्मी बैंकको सेयर कारोवार बढ्दा समग्र बजार बढ्न गएको हो । बजारमा सिद्धार्थ इन्भेष्टेमन्टको ४ करोड ९४ लाख रुपैयाँको सेयर खरिदविक्री हुँदा आजैमात्र बोनस सेयर र शतप्रतिशत हकप्रद घोषणा गरेको लक्ष्मी बैंकको ३ करोड ७७ लाख रुपैयाँको सेयर कारोवार भएको छ ।

बजारमा अन्य र होटल वाहेक सवै समुहका परिसुचक उकालो लागेका छन् । तर कुनै पनि समुहका परिसुचक १० अंकभन्दा बढीले उकालो लागेका छैनन् । जसमध्ये बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ५ दशमलव ९३ अंकले बढेको छ भने जलविद्युत समुहको परिसुचक ९ अंकले बढ्न पुगेको छ ।

बजारमा दिनभर कुल १ सय २० कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ३२ करोड २७ लाख रुपैयाँ बरावरको २६ लाख कित्ता भन्दा बढी सेयर खरिदविक्री भएका छन् । सिद्धार्थ इन्भेष्टमेन्टको २१ लाख ५१ हजार युनिटभन्दा बढीको खरिद भएपछि सेयर संख्या बढ्न गएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL