Logo

दैनिक उकालो लाग्दै सुन, विहीबार प्रतितोला ५४६०० मा कारोवार

दैनिक उकालो लाग्दै सुन, विहीबार प्रतितोला ५४६०० मा कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दैनिक रुपमा बढेको छ । केही सयमयता उकालो लागेको सुनको मूल्य दैनिक १ सयदेखि ३ सय रुपैयाँसम्म बढेको छ । विहीबार पनि सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्ने पुग्यो ।

स्थानीय बजारमा सुनको मूल्य बढेर प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बजारमा चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला ७ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL