Logo

विद्युत प्राधिकरणले माग्यो २७७ जना कर्मचारी, ड्राइभरदेखि उपनिर्देशकसम्म

विद्युत प्राधिकरणले माग्यो २७७ जना कर्मचारी, ड्राइभरदेखि उपनिर्देशकसम्म


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ कर्मचारी माग गरेको छ । प्राधिकरणले सुचना प्रकाशित गर्दै विभिन्न पदमा २ सय ७७ जना कर्मचारी माग गरेको हो ।

प्रधिकरणले ३ तहदेखि ९ तहसम्मका कर्मचारी माग गरेको हो । जस अनुसार ३ तहको ड्राइभरदेखि ९ तहको उप–निर्देशकसम्म माग गरेको छ ।

प्राधिकरणको माग गरेको उक्त पदमा माघ २७ गतेसम्म दरखास्त दिन सकिने छ । यस्तै दोब्बर दस्तुर तिरी फागुन ५ गतेसम्म फाराम बुझाउन सकिनेछ । दरखास्त दिनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो तीन प्रति र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्नेछ ।

दरखास्तका लागि तल्लो तहका लागि ४ सय २५ देखि माथिल्लो पदका लागि १ हजार ५ सय ५० रुपैयाँसम्म बुझाउने पर्ने छ । दरखास्त फाराम नेपाल विद्युत प्राधिकरणको वेबसाइटबाट डाउनलोड गरी कर्मचारी पदपूर्ति माग गरिएका क्षेत्रीय कार्यालयमा समेत बुझाउन सकिनेछ प्राधिकरणद्वारा जारी सुचनामा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL