Logo

आस्वामा आए २७ बैंक वित्तीय संस्था, माघ १ गतेबाटै होला कार्यान्वयन ?

आस्वामा आए २७ बैंक वित्तीय संस्था, माघ १ गतेबाटै होला कार्यान्वयन ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सेयरको सार्वजनिक निष्काशनको लागि आस्वा (एप्लिकेशन सर्पोटेड वाई ब्लकेड एमाउण्ट) कार्यान्वयनमा लागि २७ वटा बैंक वित्तीय संस्थाले स्वीकृति पाएका छन् । आस्वा कार्यान्वयनको लागि १८ वाणिज्य बैंक र ९ विकास बैंकले अनुमति लिएका धितोपत्र बोर्डले जानकारी दिएको छ ।

बोर्डले भर्खरै मात्र १६ वटा बैंक वित्तीय संस्थालाई आस्वा कार्यान्वयनका लागि अनुमति दिएको हो । मापदण्ड अनुसार आस्वा कार्यान्वयनका लागि आवेदन दिने अन्य बैंक वित्तीय संस्थालाई पनि स्वीकृति दिइने बोर्डले जानकारी दिएको छ ।
बोर्डले माघ १ गतेदेखि नै सार्वजनिक निकाष्काशन तथा एफपीओका लागि आस्वा लागू गर्ने गरी तयारी गरेको छ । जस अनुसार सो पश्चात सार्वजनिक निष्काशनका लागि आस्वा अनिवार्य रहने छ ।

यो व्यवस्थालाई प्रारम्भिक चरणमाअनिवार्य नगरि हाललाई ऐच्छिक रुपमा सार्वजनिक निष्काशनमा शुरुवातगर्न लागेको समेत बोर्डले जानकारी दिएको छ । आस्वाको सफल कार्यान्वयन सँगै ‘ग’वर्गका वित्तीय संस्थाहरुलाई समेत समावेश गराई बोर्डले जानकारी दिएको छ ।

आस्वाका लागि क र ख वर्गका बैंक वित्तीय संस्था तथा तिनका शाखा

aasba

 

प्रतिक्रिया दिनुहोस्
MBL