Logo

साढे ११ अंकले उकालो लाग्यो नेप्से, २६ करोड ४५ लाखको कारोवार

साढे ११ अंकले उकालो लाग्यो नेप्से, २६ करोड ४५ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक ११ दशमलव ५२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ५८ दशमलव ९७ अंकमा पुगेर बन्द भएको हो ।

सोमवार कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । सो दिन कारोवारमा आएका मध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ४७ दशमलव ८३ अंकले बढेको छ ।

त्यस्तै सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ११ दशमलव ०३,जलविद्युत ९ दशमलव ९३,फाइनान्स ४ दशमलव ९६ र अन्य समुह २ दशमलव ८९ अंकले बढेको छ ।

यता होटल र विकास बैंक समुह भने क्रमशः ५ दशमलव ३९ र १ दशमलव ४७ अंकले ओरालो लागेको छ । सो दिन नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८८ लाखको कारोवार भएको छ ।

सोमवार १ सय १७ कम्पनी कारोवारमा आएक थिए । ती कम्पनीको ४ लाख ३५ हजार कित्ता सेयरबाट २६ करोड ४५ लाखको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL