Logo

लगानीकर्ताको आन्दोलनसँगै उकालो लाग्यो नेप्से, १७ अंकले बढ्दा ५० करोडको कारोवार

लगानीकर्ताको आन्दोलनसँगै उकालो लाग्यो नेप्से, १७ अंकले बढ्दा ५० करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेयर लगानीकर्ताको आन्दोलनसँगै नेप्से परिसुचक दिनहुँजसो उकालो लागेको छ । बजारमा नियामकको चलखेल बढेको भन्दै लगानीकर्ताले आन्दोलन शुरु गरेयता नेप्से परिसुचक दैनिक रुपमा उकालो लागेको छ ।

अघिल्लो हप्ताको पछिल्लो २ दिन बढेको नेप्सेले यस हप्ता पनि सोही क्रमलाई निरन्तरता दिएको छ । आइतबार २२ अंकले बढेको नेप्से परिसुचक सोमबार १७ अंकभन्दा बढीले उकालो लागेको छ । बजार दिनभर उत्तरचढाव हुँदै अन्तत नेप्से १ हजार ४ सय ८२ अंकमा पुगेर अडिएको छ ।

सोमबार बजारमा होटल बाहेक सवै समुहका परिसुचक उकालो लागेका छन् । बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहका परिसुचक उकालो लागेसँगै समग्र नेप्से बढ्न गएको छ । सो समुहको परिसुचक २३ अंकले बढ्दा विकास बैंक समुह पनि साढे १३ अंकले उकालो लागेको छ । यसैगरी बीमा समुह २८ अंकले बढ्यो भने अन्य समुहका परिसुचक भने सामान्य उकालो लागेका छन् ।

बजारमा कारोवार रकम भने अघिल्लो दिनको तुलनामा खस्केको छ । दिनभर कुल ५० करोड रुपैयाँ बरावरको सेयर मात्र खरिदविक्री भएका छन् । जसमा १ सय ३० कम्पनीको १० लाख १७ हजार कित्ता सेयर कारोवार भएको छ । तर, कुनै पनि कम्पनीको कारोवार रकम भने ३ करोड रुपैयाँ माथी जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL