Logo

फुटवेयर विजनेश एक्स्पोमा अवलोकनकर्ताको भीड, ७० प्रतिशत छुटले बढ्यो चाप

फुटवेयर विजनेश एक्स्पोमा अवलोकनकर्ताको भीड, ७० प्रतिशत छुटले बढ्यो चाप


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भृकुटी मण्डपमा शुरु भएको फुटवेयर विजनेश एक्स्पोमा अवलोकनकर्ताको भीड बढेको छ । न्युनतम १५ देखि ७० प्रतिशतसम्म छुट दिइएको सो मेलामा अवलोकन देखि जुत्ता खरिदगर्नेको भीड बढेको आयोजकले जानकारी दिएको छ ।

koseli_shoe
ग्राहकलाई सस्तो मूल्यमा नेपाली जुत्ता चप्पल उपलब्ध गराउने उद्देश्य अनुरुप एक्स्पो गरिएको नेपाली जुत्ता घरका संयोजक रामकृष्ण प्रसाइले बताए । ‘नेपाली जुत्ता उद्योगहरुबाट उत्पादित गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागि बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धी मूल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोग बढाउन एक्स्पो गरिएको हो,’ उनले भने, ‘निश्चित अवधिका लागि गरिएको सो मेलामा ग्राकले आफ्नो चाहना अनुसार चुत्ता चप्पल किन्न पाउनेछन् ।’
bf_dear_hill

आयोजकका अनुसार मेलामा दैनिक ३ देखि ५ हजार जानले अवलोकन तथा जुत्ता चप्पल खरिद गर्ने गरेका छन् । अन्य समयकोभन्दा झण्डै ७० प्रतिशतसम्म छुट दिएर गुणस्तरीय जुत्ता उपलब्ध गराएकाले पनि ग्राहकको भीड लागेको हो ।
एक्स्पोमा शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुजलगायतका नेपाली ब्राण्डहरु रहेका छन् । अफिसियल, क्याजुअल, स्पोर्टस, बुट, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु एक्स्पोमा उपलब्ध छन् ।
sky_shoe

सिमित अवधिका लागि गरिएको सो एक्स्पोमा ग्राहकलाई मौकाको फाइदा लिन समेत आयोजकले आग्रह गरेको छ । ‘अघि पछि २ हजार ५ सय रुपैयाँ पर्ने जुत्ता मेलामा १ हजार रुपैयाँमै उपलब्ध गराएका छौं,’ प्रसाइले भने, ‘कतिपय ग्राहकले १ वर्षलाई पुग्ने जुत्ता यही एक्स्पोबाटै लिएर जाने गरेका छन् ।‘कतिपय ग्राहकले १ वर्षलाई पुग्ने जुत्ता यही एक्स्पोबाटै लिएर जाने गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL