Logo

ओभर ड्राइभ अवार्डमा भिटार ब्रेजालाई तीन उपाधी, कार अफ दि इयर घोषणा

ओभर ड्राइभ अवार्डमा भिटार ब्रेजालाई तीन उपाधी, कार अफ दि इयर घोषणा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुजुकीको भिटारा ब्रेजाले तीन वटा उपाधि हात पारेको छ । कम्प्याक्ट एसयूभीका रुपमा रुचाइएको सुजुकी भिटारा ब्रेजाले सीएनबीसी–टीभी १८ ओभर ड्राइभ २०१७ अवार्डमा विभिन्न तीन उपाधीबाट सम्मानित गरिएको हो ।

भिटारालाई कम्प्याकट एसयूभी अफ दि इयर, कार अफ दि इयर र भिवर्स च्वाइस कार अफ दि इयर उपाधीद्वारा सम्मानित गरिएको हो । आकर्षक स्पोर्टी डिजाइन सहितको यो कारले यात्रु तथा चालकलाई यात्राको समयमा निकै आरामदायी अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । कारमा जडित इञ्जिन तथा गियरबक्सको उत्कृष्ट क्षमता र प्रदर्शनीका कारण उपभोक्ता माझ कार विशेष लोकप्रिय रहेको छ ।

ब्रेजामा कम्पनीले फोर सिलिण्डरको १२४८ सीसी क्षमता सहितको टर्बो चार्ज्ड डिजल म्याटेड फाइभ स्पिड म्यानुअल ट्रान्समिशन ईञ्जिन जडान गरिएको छ । कारमा जडित यो ईञ्जिनले ९० पीएसको अधिकतम शक्ति र २ सय एनएम अधिकतम टर्क उत्पन्न गर्ने क्षमता राख्छ ।

कारमा प्रयोग गरिएको च्यासिसले यात्रु तथा चालकलाई गुणस्तरिय यूरोपियन सवारीको अनुभव प्रदान गर्छ । साथै, कारको नियन्त्रण प्रणाली समेत निकै सुरक्षित तथा आरामदायी छ । कम्पनीले कारमा आधुनिक स्मार्टमार्फत नियन्त्रण गर्न मिल्ने विभिन्न अत्याधुनिक विशेषता समेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL