Logo

बिजीमलको दशैतिहार बम्पर उपहार तामाङलाई, शुरु भयो विन्टर सेलिब्रेसन

बिजीमलको दशैतिहार बम्पर उपहार तामाङलाई, शुरु भयो विन्टर सेलिब्रेसन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गर्दै बिजीमलले सञ्चालन गरेको उपहार योजना अन्तरगतको बम्पर उपहार मंगल तामाङले जितेका छन् । कुपन नम्बर ५८३३ का तामाङले टिभिएसको १८० सीसीको मोटरसाइकल जितेका हुन् ।

शनिबार भएको उपहार वितरण कार्यक्रममा कुपननम्बर १२०४० का स्वच्छम गुरुङले स्कुटर जितेका छन् भने कुपननम्बर ४०२५ का सविता सुवेदीले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् । त्यसै गरी कार्यक्रममा उपहार योजनाका साप्ताहिक उपहार विजेताहरुलाई साउण्ड बार, ३२ इन्चको टेलिभिजन, वासिङ मेसिन, माइक्रो ओभन, इलेक्ट्रि हिटर लगायतका उपहार पनि हस्तान्तरण गरिएको छ ।

गत असोज ५ देखि कात्तिक २८ गतेसम्म सञ्चालन भएको ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजनामा सहभागि भएका ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाएका थिए । जसमा दैनिक उपहार योजना अन्तरगत ४० जनाले स्मार्ट फोन, ४० जनाले लञ्च कुपन तथा ६० जनाले शपिङ भौचर पाएका थिए ।

यसैगरी मलले जाडो मौसममा ग्राहलाई सुपथ मूल्यमा सामान उपलब्ध गराउने लक्ष्यका अनुरुप विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात समेत गरेको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षलाई लक्षितगर्दै मलले यो कार्यक्रम सुरु गरेको हो । सेलिब्रेसनमा फेसन शो, बालबालिकालाई फ्रि फेस पेन्टिङ, फोटो सेसन लगायतका मनोरञ्जनात्मक कार्यक्रम हुने छ । सो सेलिब्रेसन जनवरी दुई तारिखसम्मचल्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL