Logo

१३ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको तयारी पुरा, आकर्षणमा नेपाली सुट र बुट

१३ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको तयारी पुरा, आकर्षणमा नेपाली सुट र बुट


बिजखबर संवाददाता
54
Shares

काठमाठौं । यही पुस ५ गतेदेखि भृकुटीमण्डमा शुरु हुने १३ औ राष्ट्रिय औद्योगिक प्रर्दशनीको तयारी पुरा भएको छ । नेपाल फुटवेयर म्यानुफ्याचरर्स एशोसियशन (एफम्यान)ले हरेक वर्ष गर्दै आएको स्वदेशी बुट र सुटको १३ संस्करणको तयारी पुरा भएको हो ।

पुस ५ गतेदेखि ११ गतेसम्म चल्ने औद्योगिक प्रर्दशनीमा यसपटक २ वटा डोम रहने एफम्यानका अध्यक्ष तथा कोसेली शुका प्रवन्ध निर्देशक रविनकुमार श्रेष्ठले जानकारी दिए । ‘स्वदेशी उत्पादनको ब्राण्डिङ गर्ने उद्देश्य अनुरुप हामीले हरेक वर्ष औद्योगिक प्रदर्शनी गर्दै आएका छौं,’ उनले भने, ‘सो प्रर्दशनीमा बढीभन्दा बढी स्वदेशी जुत्ता÷चप्पल उत्पादक तथा सुट सिलाउने उद्योगलाई समावेश गर्ने उद्देश्य अनुरुप २ वटा डोम राखेका हौं ।’

औद्योगिक प्रर्दशनीको मुख्य उद्देश्य विक्रीभन्दा पनि आफ्ना उत्पादनको ब्राण्डि रहेको उनको भनाइ छ । साथै मेलामा हरेक जुत्ता उद्योगले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्ने समेत उनले जानकारी दिए । स्वदेशी उत्पादनको प्रयोग आत्मनिर्भरता भन्ने नाराका साथ गरिने सो प्रर्दशनीले नेपाल जुत्ता तथा चप्पलको ब्राण्डिङ र खपतलाई बढाएको छ । विभिन्न समयमा गरिने यस्ता प्रर्दशनी तथा मेलाले नेपाल जुत्ता तथा चप्पलमा आत्मनिर्भरता उन्मुख हुनुका साथै सोही अनुरुप स्वदेशी उत्पादनको प्रयोग समेत बढ्दै गएको छ ।

१३ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको सम्पूर्ण तयारी पुरा भएको उक्त प्रर्दशनीका संयोजक तथा स्काइ शुका प्रवन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए । ‘यस पटक बढीभन्दा बढी व्यवसायीलाई समावेश गर्ने उद्देश्यले १ सय २० वटा स्टल बनाएका छौं,’ उनले भने, ‘जहाँ झण्डै ६० कम्पनीका जुत्ता, चप्पल तथा सुट रहनेछन् ।’ उक्त औद्योगिक प्रदर्शनीमा १५ प्रतिसतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL