Logo

भृकुटीमण्डपको जुत्ता मेलामा अवलोकनकर्ताको भीड, बम्पर सेल ४ गतेसम्म चल्ने

भृकुटीमण्डपको जुत्ता मेलामा अवलोकनकर्ताको भीड, बम्पर सेल ४ गतेसम्म चल्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भृकुटीमण्डपमा भइरहेको पाँचौ बम्पर सेल जुत्ता मेलामा अवलोकनकर्ताको भीड लागेको छ । मंसिर १५ गतेदेखि शुरु भएको सो जुत्ता मेलामा किन्न आउने अवलोकनकर्ताको भीड लागेको मेला आयोजक कमिटिका सदस्य तथा रन शुका प्रवन्ध निर्देशक रुद्र न्योपानेले बताए । ‘मेलामा आजसम्म १ लाखभन्दा बढीले मेलाको अवलोकन गर्नुका साथै जुत्ता तथा चप्पल खरिद गरेका छन्,’ उनले भने, ‘पछिल्लो समय नेपाली जुत्ता तथा चप्पललाई माया गर्ने ग्राहकको संख्या उल्लेख्य बढेको छ ।’

paragun_shoe
मेलामा आधुनिक डिजाइनका जुत्ताका शौखिनहरुलाई लक्षित गर्दे नयाँ नयाा मोडलका जुत्ता तथा चप्पल राखिएको छ । पाँचौ बम्पर सेल मेलामा रन शुज, सम्राट शुज, प्यारागन शुज, स्मार्ट शुज, बसिटिजन्स् शुज, कदम शुज, हाइलाइफ शुज, लगायतका ब्राण्डहरु सहभागि छन् ।
smart_shoe

मेलामा विभिन्न कम्पनीका ७ सय भन्दा बढि डिजाईनका आधुनिक मोडेल र फेसनका जुत्ता तथा चप्पलहरु उपलब्ध हुनेछन् । मेला अवधिभर जुत्ता तथा चप्पल खरिदमा ७० प्रतिशत सम्म छुट दिइएको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL