Logo

स्काईवर्थको नयाँ भ्याकुमक्लिनर बजारमा, १ सय २० वाटको शक्तिशाली सक्सनपावर

स्काईवर्थको नयाँ भ्याकुमक्लिनर बजारमा, १ सय २० वाटको शक्तिशाली सक्सनपावर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नयाँ मोडलका ‘भ्याकुमक्लिनर’ बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ मोडल बजारमा ल्याएको हो ।

बजारमा निकालेको राइस कुकर,माइक्रोवेभ ओभन र डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको वाशिङ मेशिन जस्ता विभिन्न प्रोडक्टहरुको सुचिमा अब नयाँ मोडलहरु पनि थपिएको छ ।

आकर्षक डिजाइन तथा स्टाइलिश प्रस्तुतिका साथै उक्त प्रोडक्टले ग्राहकहरुलाई अन्य विभिन्न किसिमका फिचर्सहरु पनि पस्केको छ । यसमा साइक्लोनिक फिल्टर सिस्टम, १ सय २० वाट भन्दा बढिको शक्तिशाली सक्सनपावर, अटोमेटिक कर्ड रि–वाइन्डर तथा स्पीड कन्ट्रोल सिस्टम रहेका छन् ।

स्काईवर्थ भ्याकुम क्लिनरहरुको १६ सय वाट पावर र २२०–२४० भोल्टका साथै मेटल टेलिस्कोपिक ट्यूब, १ दशमलव ५ मिटर होज, र ४ मिटर लामो केबलका साथ बजारमा उपलब्ध छ ।

ग्राहकहरुलाई कम भन्दा कम मूल्यमा बढि विकल्पहरु तथा गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको प्रोडक्ट प्रदान गर्ने लक्ष्य अनुरुप उक्त प्रोडक्टलाई कम्पनीले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL