Logo

आईएमई र अक्सिजन इण्डियावीच सम्झौता, इण्डो–नेपाल रेमिटेन्समा थप आयाम

आईएमई र अक्सिजन इण्डियावीच सम्झौता, इण्डो–नेपाल रेमिटेन्समा थप आयाम


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आईएमई र अक्सिजन सर्भिस इण्डिया प्रालिबीच औपचारिक रेमिटेन्स सेवाको सहमती भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि औपचारिक शुरुवात गरेको हो । सो अवसरमा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन इण्डिया प्रालिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेना लगायत आईएमई तथा अक्सिजन इण्डिया प्रा.लिका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अक्सिजन इण्डियाले भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रहरु मार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ । सेवा शुभारम्भले इण्डो–नेपाल रेमिटेन्सलाई अझै बढी संस्थागत र औपचारिक बनाउने विश्वास लिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले सेवा शुभारम्भले इण्डियामा रहँदै आएका लाखौँ नेपाली दाजुभाईहरुको कमाईलाई छिटो, छरितो र विश्वसनीय ढंगले नेपाल भित्राउन सहज हुने विश्वास व्यक्त गरे ।

सहकार्यले डलर बेचेर भारतीय रुपियाँ किन्नुपर्ने नेपालको वाध्यतालाई थोरै भएपनि कम गर्ने जानकारी दिए । औपचारिक संजालबाट नेपाल पैसा भित्र्याउने आफ्नो उद्देश्यमा सफल भएको र आगामी दिनमा व्यक्तिको सशक्तिकरणमा आईएमई प्रतिवद्ध रहेको बताए ।

अक्सिजन इण्डिया प्रालिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेनाले अक्सिजन इण्डियाको इतिहासमा आईएमईसँगको व्यवसायीक साझेदारी कोशेढुंगा भएको भन्दै यो सेवाले इण्डियामा बस्दै आएका लाखौँ नेपालीहरुलाई सहज रेमिटेन्स सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । आरबीएल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड क्रमशः अक्सिजन इण्डिया र आईएमई नेपालका बैंकिङ साझेदार हुन ।

अक्सिजन आरबीएलबाट मान्यता प्राप्त भारतको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालन गर्ने संस्था हो । यसले वार्षिक ६ करोड भन्दा बढी कारोबार गर्दै आएको छ । आईएमई हालै ‘सुलिभान एण्ड फ्रोस्ट’ द्वारा ‘ वेष्ट रेमिटेन्स कम्पनी अवार्ड – २०१६’ बाट सम्मानित भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL