Logo

सामान्य ओरालो लाग्यो नेप्से परिसुचक, कारोवार ५० करोड ८७ लाखमा खुम्चियो

सामान्य ओरालो लाग्यो नेप्से परिसुचक, कारोवार ५० करोड ८७ लाखमा खुम्चियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ० दशमलव ६१ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ५३ दशमलव ९० अंकमा झरेर बन्द भएको हो । बुधवार कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।

सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी २९ दशमलव ५९ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा २१ दशमलव ५७, फाइनान्स ९ दशमलव ८३,बैंकिङ समुह ० दशमलव ८४ र विकास बैंक ० दशमलव ७६ अंकले ओरालो लागेको छ ।

यता सो दिन जलविद्युत, उत्पादन र अन्य समुह भने क्रमशः ३६ दशमलव ५६,९ दशमलव ७ड र २ दशमलव ३२ अंकले उकालो लागेको छ ।

बुधवार १ सय ३७ कम्पनी कारोवारमा आएका थिए । सो दिन ६ लाख ८१ हजार कित्ता सेयरबाट ५० करोड ८७ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL