Logo

क्यासी सम्मेलन सम्पन्न, उपाध्यक्षमा पुनः प्रदीपकुमार श्रेष्ठ निर्वाचित

क्यासी सम्मेलन सम्पन्न, उपाध्यक्षमा पुनः प्रदीपकुमार श्रेष्ठ निर्वाचित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्रि (क्यासी) को उपाध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । एशिया प्रशान्त क्षेत्रहरुका उद्योग वाणिज्य समुहको छाता संगठन क्यासीको २१ देखि २५ नोभेम्बर, २०१६ सम्म ताइवानमा सम्पन्न ३०औं सम्मेलन तथा ५० औं वार्षिकोत्सवबाट उनी आउँदो कार्यकालको लागि पुनः उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

महासंघका पूर्व अध्यक्ष श्रेष्ठ औद्योगिक घराना पञ्चकन्या उद्योग समूहका प्रबन्ध निर्देशक समेत हुन् । एशिया प्रशान्त क्षेत्रमा आर्थिक समृद्धि, व्यापारिक साझेदारीको अभिवृद्धि गर्ने उद्देश्यले सन १९६६ मा स्थापना भएको क्यासीमा रसिया, कोरिया, जापान, ताइवान, भारत, पाकिस्तान, थाइल्यान्ड, इरान, बङलादेश, हङकङ, अस्ट्रेलिया, मलेशिया, सिंगापुर लगायत २६ राष्ट्रका कुल २८ उद्योग संगठनहरु सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL