Logo

संगठित भए मोवाइल आयातकर्ता, अध्यक्षमा दिपक मलहोत्रा, नक्कली र अबैद आयात रोकिने

संगठित भए मोवाइल आयातकर्ता, अध्यक्षमा दिपक मलहोत्रा, नक्कली र अबैद आयात रोकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लामो समयदेखि मोवाइल फोन आयात गर्दै आएका व्यवसायीहरु विधिवत रुपमा छाता संगठन गरी आवद्ध भएका छन् । मोवाइल आयातकर्ताहरुले आज एक कार्यक्रमबीच ‘मोवाइल फोन इम्पोर्टस् एशोसिएशनको घोषणा गरेका छन् ।

मोवाइल क्षेत्रको विस्तारसँगै चुनौती पनि थपिएको र त्यस्ता चुनौतीहरु समाधान गर्न एशोसिएशनको गठन गरिएको एशोसिएशनका अध्यक्ष तथा सामसुङ मोवाइल आयातकर्ता आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्राले बताए । ‘ब्यापारिक चुनौतीहरु स्वयमं व्यवसायीले नै समाधान गर्न सक्ने भएपनि हामी माझ देशको शान्ति र सुरक्षामा समेत चुनौती थपिएको छ,’ उलने भने, ‘सवै व्यवसायीहरु गोलबद्ध भएर समस्या समाधान गर्न एशोसिएशन गठान गरिएको हो ।’

यस क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाई बजारमा भइरहेको नम्कली तथा अबैद आयात रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने एशोसिएशनले जानकारी दिएको छ । हाल देशभर ४ हजार साना व्यापारी तथा उनीहरुका परिवार यस व्यवसायमा आश्रित रहेका छन् भने ३ हजार २ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । एशोसिएशनको गठनसँगै मोवाइल आयातबाट सरकारले प्राप्त गर्ने राजस्व बढ्नुका साथै अझ पारदर्शी रुपमा अघि बढ्न सहयोग पुग्ने मलहोत्राको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL