Logo

हस्तकला मेलाको ४ दिनमा १ लाखले गरे अवलोकन, ८ करोडको कारोवार

हस्तकला मेलाको ४ दिनमा १ लाखले गरे अवलोकन, ८ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हस्तकला मेलाको ४ दिनसम्मका करिब १ लाख जनाले अवलोकन गरेका छन् । भृकुटीमण्डपमा भइरहेको १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगिताको चौथो दिन आजैमात्र करिब २५ हजार अवलोकन कर्ताले मेलाको अवलोकन गरेका छन् ।

मेलामा हालसम्म ८ करोड रुपैयाँ बरावरको कारोवार भएको छ । मेलामा आजैमात्र करिब १ करोड ४५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।

मेलाको चौथो दिन संस्कृती पर्यटन सचिव शंकरप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत रन्जीत रे, पुर्वमन्त्री बुद्धिरत्न बज्राचार्य, द्धारिका होटेलका अध्यक्ष अम्बीका श्रेष्ठ लगायतले अवलोकन गरेका थिए ।

व्यापार मेलाकै अवसरमा आयोजना भएको १२ औं हस्तकला प्रतियोगितामा धातुपत्रकला र उनी बुनाई विधामा प्रतियोगीहरुले प्रदर्शनी स्थलमा बसेर आफ्नो कला प्रदर्शन गरिरहेका छन् । यो प्रतियोगितामा सहभागी तथा विजयीलाई समापन कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । हस्तकला मेला तथा प्रतियोगिता मंगलबार सम्पन्न हुदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL