Logo

शिवम् सिमेन्टको ‘चाँदी नै चाँदी’ योजना सम्पन्न, ४० बोरा किन्नेले पाए १० ग्राम चाँदी

शिवम् सिमेन्टको ‘चाँदी नै चाँदी’ योजना सम्पन्न, ४० बोरा किन्नेले पाए १० ग्राम चाँदी


बिजखबर संवाददाता
0
Shares

सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको ‘चाँदी नै चाँदी उपहार योजना’ को समापन भएको छ । उक्त योजनामा उपभोक्ताले उल्लेख्य मात्रामा सहभागिता जनाएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्ना उपभोक्ताहरुको सहुलियत तथा चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको उक्त योजना अन्तर्गत, शिवम् सिमेन्टलेआफ्नो उत्पादनका प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम ‘लक्ष्मी–गणेश’ अकिंत चाँदीको सिक्का उपहार प्रदान गरेको थियो ।

कम्पनीले २०७३ भाद्र १५ देखि कार्तिक २६ सम्म लागू गरिएको उक्त योजनामा ग्राहक तथा विक्रेताहरुले उत्साहवद्र्धक सहभागिता जनाएकोमा कम्पनीले धन्यवाद समेत दिएको छ । सफल पारिदिनसहयोग गरिदिनु भएकोमा कम्पनीले समस्त ग्राहक तथा विक्रेताहरुमा आभार प्रकट गरेको छ । साथै, आगामी दिनहरुमा पनि उपभोक्ताहरुका लागि यस्ता विशेष योजनाहरु ल्याउने प्रतिबद्धता कम्पनीले ब्यक्त गरेको छ ।

‘गुण्स्तरको पहिचान हो शिवम्’ तथा ‘गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ’ भन्ने मुल नाराका साथ अगाडी आएको शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको दावी गरेको छ । छ । काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण सिवम् सिमेन्ट प्रयोगमा आएको कम्पनीले जानकारी दिएको छ ।

आइएसओ, आईएसआई र युआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको र आगामी दिनमा पनि सोही अनुरुप सेवा प्रदान गर्ने प्रतिबद्घता ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL