Logo

बैंकिङ समुहले घटायो नेप्से, साताको पहिलो दिनमै १२ अंकले घट्यो

बैंकिङ समुहले घटायो नेप्से, साताको पहिलो दिनमै १२ अंकले घट्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले हकप्रद, बोनस तथा फरदर पब्लिक अफरिङ(एफपीओ) को घोषणा गरिरहेको बेला सो समुहको परिसुचक भने ओरालो लाग्न थालेको छ ।

आइतबार बजार खुलको केही समय सामान्य उकालो लागेर ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १२ अंकभन्दा बढीले घट्यो । बैंकिङ समुहको परिसुचक १८ अंकले घटेसँगै समग्र नेप्से परिसुचक उच्च रुपमा घटेको हो ।

यसैगरी बजारमा जलविद्युत, फाइनान्स, बीमा तथा अन्य समुहको परिसुचक पनि ओरालो लागेको छ । तर, सो दिन होटल र विकास बैंक समुहको परिसुचक भने बढेको छ ।

आइतबार दशै पछिको सवैभन्दा बढी कारोवार भएको छ । दिनभर कुल ९६ करोड ४५ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । जसमा १ सय २६ कम्पनीको १० लाख ८१ हजार कित्ता सेयर किनवेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL