Logo

हिमालय एयरलाइन्सको कोलम्बोमा परिवारका लागि आकर्षक उपहार, प्रतिव्यक्ति दुई तर्फी भाडा ३५ हजार

हिमालय एयरलाइन्सको कोलम्बोमा परिवारका लागि आकर्षक उपहार, प्रतिव्यक्ति दुई तर्फी भाडा ३५ हजार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौंबाट कोलम्बो घुम्न जाने योजना बनाइ रहेका ग्राहकहरुका लागि आकर्षक टिकट दर अफर ल्याएको छ । कम्तिमा पनि दुइ जना सदस्य रहनुपर्ने सो परिवारको लागि एअरलाइन्स्ले दुई तर्फी भाडादर रु. ३५ हजार प्रतिव्यक्ति तोकिएको छ । साथै सो मूल्यमा ट्याक्स कायम नगरिएको बताइएको छ ।

आकर्षक टिकट दर पुष १६ सम्म लागू हुनेछ । टिकट खरीद मिती भने कार्तिक १४ कायम गरिएको छ । कोलोम्बो छट्टी मनाउनको लागि परिचीत गराइएको एउटा नयाँ गन्तब्य भएकोले सो कुरालाई मध्यनजर गर्दै एयरलाइन्सले यस्तो अफर ल्याएको एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले बताए ।

सो टिकट दरबाट धेरै ग्राहक लाभान्वित हुने उनको विश्वास छ । ग्राहकहरुले सो सेवाको टिकट एअरलाइन्स्को सेल्स र रेजर्भेशन कार्यलय वा आफूलाई उपयुतm लागेको ट्राभल एजेन्टहरुबाट बुक गर्न सक्नेछन् । एयरलाइन्सका अनुसार हाल साताको दुई दिन मंगलवार र शनिवार श्रीलंका उडान भइरहेको छ ।

हिमालय एयरलाइन्सले गत जेठ देखि दोहा, कतारमा उडान गरेर आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । केही महिनापछि एयरलाइन्सले दिल्ली, याङ्गोन, दमामलगायत बेइजिङ, ल्हासा, चेंगदु, बैंकक, हङकङ र दुवईमा पनि उडान गर्ने योजना बनाएको छ ।

हिमालय एयरलाइन्सले आगामी पाँच वर्ष भित्र पन्ध्र वटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान गर्ने तयारी गरिरहेको छ । एयरलाइन्सले केही समयपछि लामो दुरी उडान भर्ने ए ३३० जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL