Logo

हुण्डाइले दियो ट्राफिक प्रहरीलाई ड्यास क्याम, ट्राफिक व्यवस्थापनमा सहज

हुण्डाइले दियो ट्राफिक प्रहरीलाई ड्यास क्याम, ट्राफिक व्यवस्थापनमा सहज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हुण्डाई मोटरले ट्राफिक प्रहरीलाई मोटर क्याम हस्तातन्रण गरेको छ । हुण्डाईको नेपाल स्थित आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त क्यामहरु हस्तान्तरण गरेको हो ।

hyundai_traffic_webcam
ट्राफिक सरक्षा अभियान अन्तरराष्ट्रिय हुण्डाई कर्पोरेटको सामाजिक उत्तरदायित्वको मूल्य आधार रहँदै आएको छ । सोही अनुरुप नेपालमा पनि ट्राफिक व्यवस्थापन तथा निगरानीमा सहजमा ल्याउन ड्यास क्याम हस्तान्तरण गरिएको हो ।

सो ड्यास क्यामले गाडीको वाइड स्क्रिनबाट भिडियो रेकर्ड गर्न सक्नेछ । सो क्यामरा वाइडस्क्रिनको भित्रीभाग तथा ड्यासबोर्डको माथिल्लो भागमा जडान गर्न सकिने छ । जसले गर्दा दुर्घटाको परिणम दिनुका साथै ट्राफिक नियमको उल्ङ्घन र बीमा ठगी निणन्त्रण गर्न समेत सहयोग पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL