Logo

सोनीको फोरके एचडीआर एण्ड्रोइड टीभी सार्वजनिक, आरथ्रीडी सिरिज पनि भित्र्याउँदै

सोनीको फोरके एचडीआर एण्ड्रोइड टीभी सार्वजनिक, आरथ्रीडी सिरिज पनि भित्र्याउँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोनीका फोरके एचडीआर एण्ड्रोइड अन्तरगत नयाँ रेञ्जका टीभीहरु सार्वजनिक भएका छन् । सोनीको नेपाल स्थित आधिकारी विक्रेता नेपा हिमा ट्रेड लिङ्क सो टीभीलाई नेपाली बजारमा भित्र्याएको हो । हाल सार्वजनिक गरिएका नयाँ टीभीहरु आधुनिक एचडीआर चलचित्र तथा शोका लागि उपयुक्त रहेको र यसले उपभोक्तालाई उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषणको मज्जा दिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले एचडीआर लाइनअप अन्तर्गत अत्यधिक रुचाइएको एक्स९३डी सिरिज, फोरके एचडीआर टीभी रेञ्ज र फूल एचडी टीभी अन्तर्गत ईन्टरनेट र एक्सट्रा प्रो सिरिज पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका नयाँ टीभी रेञ्जले उच्च ब्राइटनेस, कन्ट्रास्ट र चहकिलो रङ सम्प्रेषण गर्ने क्षमता राख्छन् । टीभीहरुमा सोनीकै स्लिम ब्याकलाइट ड्राइभ प्रविधिको प्रयोग गरिएको छ । यसले गर्दा टीभीले चहकिलो तथा उत्कृष्ट कन्ट्रास्ट लेभल समायोजन गरी जीवन्त दृष्य सम्प्रेषणमा सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी टीभीमा प्रयोग गरिएको एक्सवान फोरके प्रोशेसरले कलर म्यापिङ प्रविधि मार्फत प्राकृतिक रङ सम्प्रेषणमा प्रत्यक्ष सहयोग पुर्याउँछ । सार्वजनिक गरिएका ब्राभियाको नयाँ लाइनअपले एण्ड्रोइड ६.० मार्शमेलो सपोर्ट गर्छ । यसले गर्दा प्रयोगकर्ताले यूएसबी ड्राइभ मार्फत अतिरिक्त सञ्चय क्षमताको उपयोग गर्न पाउँछन् । अन्य टीभीका तुलनामा यसका प्रयोगकर्ताले आवश्यकता अनुसार आफ्ना टीभीमा धेरै एप्लिकेशन्स डाउनलोड तथा उपयोग गर्ने सुविधा प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार निकट भविष्यमा नै सोनीकोे आरथ्रीडी सिरिजपनि सार्वजनिक गर्ने योजना रहेको छ । उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषण गर्ने क्षमता सहितका यी टीभीमा एक्स–प्रोटेक्शन प्रो फिचरपनि समाहित गरिएको छ । यसले गर्दा टीभी थप सुरक्षित हुनुका साथै कार्यक्षमतामा समेत बृद्धि हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार आरथ्रीडीले धुलो, आद्र्रता, चत्याङ्ग तथा विद्युतिय तरङ्गबाट समेत सुरक्षा प्रदान गर्छ । सार्वजनिक गरिने तयारीमा रहेको आर३२६डी मोडलका टीभीलाई पावर बैंक तथा कारका ब्याट्री मार्फत समेत सञ्चालन गर्न सकिने जानकारी दिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL