Logo

आइतबार पनि नेप्सेमा दोहोर अंकको गिरावट, कसले किन्यो लगानी कोषको सवा अर्बको सयेर ?

आइतबार पनि नेप्सेमा दोहोर अंकको गिरावट, कसले किन्यो लगानी कोषको सवा अर्बको सयेर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेयर बजार आइबार पनि दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि घट्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १० दशमलव ६९ अंकले घटेको छ । आइतबार नेप्से परिसुचक १ हजार ८ सय ४ दशमलव ४८ अंकमा झरेर अडिएको छ ।
बजारमा बैंक र बीमा समुहको परिसुचक ओरालो लाग्दा समग्र नेप्से परिसुचक घटेको हो । जसमा बीमा समुहको परिसुचक सवैभन्दा बढी ८७ अंकले घटेको छ भने बैंकिङ समुहको परिसुचक १८ दशमलव ५४ अंकले ओरालो लागेको छ । यसैगरी फाइनान्स समुह पनि सामान्य घटेको छ ।

यी वाहेकका अन्य समुहको परिसुचक भने उकालो लागेको छ । बैंक र बीमा समुह घट्दा अन्य समुहले नेप्से परिसुचक माथी लान सकेन । आइबार हालसम्मकै सवैभन्दा बढी २ अर्ब ४६ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । दिनभर कुल १ सय ४२ कम्पनीको २४ लाख ९१ हजार कित्ता सेयर खरिदविक्री भएका छन् ।

बजारमा नगरिक लगानी कोषको सेयर खरिदविक्री बढी हुँदा समग्र कारोवार बढ्न गएको हो । आज नागरिक लगानी कोषको मात्र १ अर्ब २० करोड रुपैयाँको सेयर कारोवार भएको छ । नेपाल बैकले नागरिक लगानी कोषमा आफ्नो स्वामित्वमा भएको सेयर विक्री गरेको हो । उक्त सेयर अन्य बैंक वित्तीय संस्था, बीमा कम्पनी र केही व्यक्तिहरुले खरिद गरेको नेप्से जानकारी दिएको छ । यसैगरी बजारमा सनराइज बैकको पनि १५ करोड ८८ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । सनराइजले गत हप्ता ३३ प्रतिशत बोनसको घोषणा गरेसँगै कारोवार बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL