Logo

यसरी सार्वजनिक भयो अप्पो मोवाइल, मूल्य ३२ हजारसम्म, १६ मेगा पिक्सेलको फ्रण्ट क्यामेरा

यसरी सार्वजनिक भयो अप्पो मोवाइल, मूल्य ३२ हजारसम्म, १६ मेगा पिक्सेलको फ्रण्ट क्यामेरा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अप्पो ब्राण्डका मोवाइलहरु नेपाली बजारमा सार्वजनिक भएको छ । हिजो एक कार्यक्रमबीच चाइनिज मोवाइल निर्माता कम्पनी अप्पोले आफ्ना उत्पादनहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । स्मार्टफोनका पारखीलाई सेल्फीमा क्रान्ति ल्याउने उद्देश्य अनुरुप उक्त मोवाइललाई नेपाली बजारमा भित्र्याइएको कम्पनीले जानकारी दिएको छ ।

अप्पोले नेपाली बजारमा १६ मेगापिक्सेल भएको एफ १ एस एक्सपर्ट सेल्फी मोवाइल सार्वजनिक गरेको होे । ५ दशमलव ५ इञ्ज स्क्रिन रहेको सो मोवाइलको रेयर क्यामेरा १३ मेगापिक्सेल रहेको छ । ३ जीबी ¥याम रहेको सो मोवाइलमा ३२ जीबी इन्टरनल मेमोरी रहेको छ । ३०७५ एमएएच ब्याट्री क्षमता रहेको सो मोवाइलमा एमटि ६७५० अक्टा कोर प्रोसेसर प्रयोग गरेको छ ।

oppo_chinies

कलर ओएस ३.०, एण्ड्रोइड ५.१ रहेको सो मोवाइलमा २ वटा सिमकार्ड प्रयोग गर्न मिल्ने छ । सो फोनको बजारमा मूलय ३२ हजार ३ सय ९० रुपैयाँ रहेको छ । नेपाली सुपरस्टारद्वय ऋचा शर्मा र कर्मा शाक्यले उक्त फोनबाट सेल्फि अनुभव लिँदै सार्वजनिक गरेका हुन् ।

अप्पो दक्षिण एशियाको बजारमा केन्द्रित भएकोले नेपाल एक महत्वपूर्ण बजार रहेको अप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जिले बताए । ‘नेपालमा तीव्र गतिका साथ बढिरहेको स्मार्टफोनको बजार र चाँडैं नै आरम्भ हुन लागेको फोरजीको कारण पनि यहाँको बजार लगानी र राम्रो प्रतिफलका लागि उल्लेख्य बन्दै गएको छ,’ उनले भने, ‘शुरुमा हामी राजधानी काठमाडौंमा केन्द्रित हुनेछौं र तीन महिनापछि हामी पोखरामा पनि बजार विस्तार गर्ने सोचमा छौं ।’

oppo_mobile_model_lunch

आगामी १ वर्षभित्रमा नेपालमा क्यामरा फोनका ५ सय वटा बिक्री स्थलहरु र सेल्फि अनुभव प्रदान गर्न ८ वटा अप्पो स्टोरहरु स्थापना गर्ने योजना बनाएका रहेको उनले जानकारी दिए । अप्पोसँग क्यामरा प्रविधिका विषयमा घनीभूत अनुभव रहेकै कारण यसले धेरै पुरस्कारहरु पनि प्राप्त गरेको छ । एफ १ एसले नेपाली ग्राहकहरुलाई फोटोग्राफिको अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने अप्पोको नेपाल स्थित आधिकारीक विक्रेता टेलिसेलका प्रवन्ध निर्देशक सुनिल कुमारले बताए । साथै नेपाली बजारम भित्रिएको पहिलो ३ महिनामा २५ हजार थान मोवाइल विक्री गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

oppo_sunil_kumar

तीव्रताको अनुभव

एफ १ एसमा अग्रभागको औला छापलाई स्वीकार्ने विशेषता छ । यो फोन केवल ०.२२ सेकेण्डमै औला छापले छोएर खोल्न सकिन्छ । यसका साथै ५ विभिन्न एपहरु र सम्पर्क नम्बरहरुलाई पनि भिन्ना भिन्नै औंला छाप राख्न सकिन्छ । जसले गर्दा होम बटनमा एक स्पर्श गरेकै भरमा कुनै अन्य कार्य नगरी तपाईंले कुनै एप वा पहिल्यै राखिएको सम्पर्क नम्बरको कुनै एक फोनमा सिधै सम्पर्क गर्न सकिने छ ।

oppo_richa_karma

दिनभर प्रयोग गर्न सकिने ब्याटी क्षमता

एफ १ एसमा ३०७५ एमएएच ब्याट्री जडित छ । जसको सहायताले तपाईंले दिनभर स्मार्टफोन सजिलै चलाउन सक्नुहुनेछ । यसमा कलर ओएस ३.० पनि छ जसले शक्ति बचाउनमा मद्दत गर्दछ एफ १ एसमा १४ घण्टाको भरपूर शक्ति रहने गर्दछ ।

oppo_music

३ वटा मोवाइल नेपाली बजारमा

कम्पनीले बजारमा सुनौलो रँगको एफ १ एसका साथै ए ३७ र नीयो सार्वजनिक गरेको हो । ए ३७ को बजार मूल्य २१ हजार ५ सय ९० र नीयो ७ को १४ हजार ९ सय ९० रुपैयाँ बजार मूल्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL