Logo

इलेक्ट्रीक भेइकल एसेम्वल गर्न दुई चिनीयाँ कम्पनी नेपालमा, विभागले दियो स्वीकृति

इलेक्ट्रीक भेइकल एसेम्वल गर्न दुई चिनीयाँ कम्पनी नेपालमा, विभागले दियो स्वीकृति


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपालमा व्याट्रिबाट चल्ने गाडी (इलेक्ट्रिक भेइकल) एसेम्वल गर्न दुई विदेशी लगानीकर्ताले स्वीकृति पाएका छन् । नेपालमै इलेक्ट्रिक भेइकल एसेम्वल गर्न दुई चिनीयाँ कम्पनीले स्वीकृति पाएका हुन् ।

उनीहरुले नेपालमै एसेम्वल प्लाण्ट स्थापना गरी सवारीसाधन उत्पादन गर्न भर्खरै मात्र स्वीकृति लिएको उद्योग विभागले जानकारी दिएको छ । विभागले दिएको स्वीकृति अनुसार ती कम्पनीले नेपालमा छुट्टै कम्पनी खडा गरी सवारीसाधन उत्पादन गर्ने छन् । ती कम्पनीले व्याट्रिबाट चल्ने मोटरसाइकल तथा स्किुटर, तीन पाङ्ग्रे र चार पाङ्ग्रे जीप÷भ्यान उत्पादन गर्ने छ ।

विभागका अनुसार साउन २ गते चाइनीज लगानीकर्ता क्याओडा क्आिन र माओ छाङ लिङले स्वीकृति पाएको हो । उद्योग विभागले उनीहरुलाई ललितपुरमा उद्योग स्थापना गर्ने गरि लगानी स्वीकृति दिएको बताइएको छ । तत्कालका लागि तीे लगानीकर्ताले ४ करोड रुपैयाँको लगानीमा एसेम्वल प्लाण्ट स्थापनाको प्रक्रिया अघि बढाउन लागेको हो । जसमा स्थिर पूँजी १ करोड ९० लाख रुपैयाँ र २ करोड १० लाख चालु पूँजी रहेको छ । कम्पनी सञ्चालनमा आए पश्चात ३१ जनाले रोजगारी पाउने उल्लेख छ । विभागमा पेश गरेको विवरण अनुसार कम्पनीले बार्षिक ५ सय मोटरसाइकल, ३ पाङ्ग्रे ४ सय र ४ सय वटा जीप तथा भ्यान निर्माण गर्ने छ ।

यसैगरी अर्का चाइनीज लगानीकर्ता सन यान हुआले पनि व्याट्रिबाट चल्ने दुई पाङ्ग्रे मोटरसाइकल तथा स्कुटर, तीन पाङ्ग्रे भ्यान तथा चार पाङ्ग्रे र ६ पाङ्ग्रे्रे भेइकल उत्पादन गर्ने गरि साउन १९ गते स्वीकृति पाएको छ । उसले पनि ललितपुरमा उद्योग स्थापना गर्ने गरि स्वीकृति पाएको हो ।
सो कम्पनीमा पनि ४ करोड रुपैयाँ नै लगानी रहने बताइएको छ । । जसमध्ये स्थिर पूँजी १ करोड ९७ लाख र चालु पूँजी २ करोड ३ लाख रहने बताइएको छ । कम्पनीले ३१ जनलाई रोजगारी दिने छ । कम्पनीको बार्षिक क्षमता ४ सय वटा दुई पाङ्ग्रे, ४ सय वटा ३ पाङ्ग्रे, चार पांग्रे ६ सय र ६ पांग्रे १ सयओटा उत्पादन लक्ष्य लिएको छ । दुवै कम्पनीमा शतप्रतिशत विदेशी लगानी रहेको छ । कम्पनीले उत्पादनमुलक उद्योग अन्तरगत विभागबाट स्वीकृति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL