Logo

बोर्डको निर्देशनसँगै ओरालो लाग्यो जलविद्युत समुह, नेप्से ९ अंकले बढ्दा कारोवार रकम खुम्चियो

बोर्डको निर्देशनसँगै ओरालो लाग्यो जलविद्युत समुह, नेप्से ९ अंकले बढ्दा कारोवार रकम खुम्चियो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार बजार नेप्से परिसुचक ९ दशमलव ३७ अंकले उकालो लागेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तत १ हजार ७ सय ९७ दशमलव ४५ अंकमा पुगेर अडिएको छ ।

बुधबार सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय २५ अंकले बढेको छ । यसैगरी बजामार बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक भने ९ अंकले मात्र उकालो लागेको छ । यसैगरी विकास बैंक समुह १७ अंकले बढ्दा उत्पादनमुलक समुह ५३ अंकले बढ्न गएको छ ।

तर बजारमा जलविद्युत र होटल समुहका परिसुचक भने ओरालो लागेका छन् । नेपाल धितोपत्र बोर्डले जलविद्युत लगायतका प्रत्यक्ष नियमनकारी निकाय नभएका संस्थालाई हकप्रद र फरदर पब्लिक अफरिङ (एफपीओ) जारीमा रोक लगाएसँगै ती समुहको परिसुचक ओरालो लागेको हो । बजारमा जलविद्युत समुहको परिसुचक १ सय अंकभन्दा बढीले घटेको छ भने होटल समुहको परिसुचक २९ अंकले ओरालो लागेको छ ।

बजारमा कारोवार रकम पनि घटेको छ । दिनभर कुल १ अर्ब २५ करोड रुपैयाँको मात्र सेयर खरिदविक्री भएको छ । बुधबार कुल १ सय ४६ कम्पनीको १७ लाख २८ हजार कित्ता सेयर कारोवार भएको छ ।

बुधबार सवैभन्दा बढी लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर खरिदविक्री भएको छ । सो कम्पनीको साढे ८ करोडको कारोवार हुँदा नेपाल बंगलादेश बैंकको पनि झण्डै ८ करोडको सेयर खरिदविक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL