Logo

१५ सय ट्याक्सीको लागि १ लाख १६ हजारको आवेदन, अझै १ दिन समय थप

१५ सय ट्याक्सीको लागि १ लाख १६ हजारको आवेदन, अझै १ दिन समय थप


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले भुकम्प प्रभावितका लागि नयाँ ट्याक्सीको आवेदन खुला गरेसँगै निवेदन दिनेको भीड लागेको छ । नयाँ ट्याक्सी दर्ताका लागि हिजोसम्म झण्डै १ लाख १६ हजार जना भुकम्प पिडितले आवेदन दिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

विभागका अनुसार नयाँ ट्यान्सी दर्ताका लागि पछिल्लो समय एकदमै भीड बढेको हो । पछिल्लो समय दैनिक १० हजारभन्दा बढीले आवेदन दर्ता गराउने गरेका छन् । विभागले भदौं २ गतेसम्म आवेदन दिनसक्ने गरी निवदेन माग गरेको थियो । तर, २ गते विदा परेकाले ५ गते १ दिनको लागि समय थप गरिएको छ ।

आवश्यकभन्दा बढी आवेदन परेसँगै विभागले गोलाप्रथाबाट भुकम्प पिडितलाई ट्याक्सी नम्बर वितरण गर्ने भएको छ । मागभन्दा एकदमै धेरै गुणा आवेदन परेकाले गोलाप्रथा गर्नुको विकल्प नभएको विभागले जनाएको छ । विभागले यस अघि अन्य व्यक्तिका लागि पनि गोलाप्रथा बाटै नयाँ ट्याक्सी वितरण गरेको थियो

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL