Logo

नेप्से १७ अंकले घट्दा पौने २ अर्बको कारोवार, कसले बेच्यो नविलको २७ करोडको सेयर ?

नेप्से १७ अंकले घट्दा पौने २ अर्बको कारोवार, कसले बेच्यो नविलको २७ करोडको सेयर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनदेखि ओरालो लागेको सेयर बजार आज पनि घटेको छ । अघिल्लो हप्ताको अन्तिम देखि ओरालो लाग्न शुरु गरेको नेप्से आज पनि १७ दशमलव ३५ अंकले घटेको हो ।

बजार खुलेको मध्यभागमा ३० अंकले घटेको नेप्से त्यसपछि केहीवेर लय समातेको थियो । तर अन्तमा घटेर नेप्से परिसुचक १ हजार ८ सय ४५ दशमलव ४२ अंकमा खुम्चिएको छ ।

सोमबार बजारमा होटल वाहेक सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुह ६४ अंकले घटेको छ । तर, बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक १६ दशमलव ४४ अंकले ओरालो लाग्दा समग्र नेप्से परिसुचक ठूलो असर गरेको हो । यस्तै विकास बैंक समुह पनि ३२ अंकले ओरालो लागेको छ भने उत्पादनमुलक समुह ४२ अंकले घटेको छ । यसैगरी जलविद्युत समुह २५ अंकले ओरालो लाग्दा फाइनान्स भने सामान्य मात्र घटेको छ ।

सोमबार सवैभन्दा बढी नविल बैंकको २७ करोड ५६ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । एनआईडीसीले आफ्नो नाममा रहेको नविल बैंकको १ लाख ६२ हजार कित्ताभन्दा बढी संस्थापक सेयर विक्री गरेको छ । उसले १९ नम्बर ब्रोकरबाट २ पटक गरेर उक्त सेयर विक्री गरेको छ । सोमबार बजार खुल्दा प्रतिकित्ता १ हजार ८ सय ७० रुपैयाँमा कारोवार भएको नविलको संस्थापक सेयर एनआईडीसीले ३९ रुपैयाँ घाटा खाएर विक्री गरेको छ । एनआईडीसीको सेयर खरिदविक्रीसँगै बजारमा कारोवार रकम बढ्न गएको हो ।

यसैगरी, आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बंगलादेश बैंकको पनि पौने १६ करोडको सेयर खरिदविक्री भएको छ । आज बंगलादेशको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँले बढ्न गएको छ । यस्तै प्राइम कमर्सियल बैंकको पनि झण्डै १२ करोड रुपैयाँको सेयर खरिद विक्री भएको छ ।

दिनभर बजारमा कुल १ सय ४० कम्पनीको सेयर खरिदविक्री भएको छ । ती कम्पनीको कुल १ अर्ब ८४ करोड रुपैयाँ बरावरको ५१ लाख ९ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL