Logo

कैलालीमा खुल्यो गुराँस लाइफको शाखा, न्यून आय भएकालाई पनि समेटिने

कैलालीमा खुल्यो गुराँस लाइफको शाखा, न्यून आय भएकालाई पनि समेटिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले कैलालीको अत्तरियामा शाखा कार्यालय स्थापना गरेको छ । एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष केसीले नेपालमा जीवन र निर्जिवन बीमा गराउने प्रचलन निकै कम रहेकोले बीमा कम्पनीहरुले बीमा सेवालाई देशभर विस्तार गर्नुपर्ने बताए । ‘हरेक जोखिम बीमा मार्फत बीमा कम्पनीलाई दिइनुपर्छ,’ उनले भने, ‘कुल जनसंख्याको करिब ६/७ प्रतिशत मात्रै अहिले जीवन बीमा गरेका छन् उनीहरुको दावी भूक्तानी रकम बिना झंझट उपलब्ध गराई ग्रामीण क्षेत्रमा सेवा विस्तार पर्छ ।’

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरप्रसाद दाहालले सुदुरपश्चिमको कैलाली, कञ्चनपुर, डोटि, डडेल्धुरामा गुराँस लाइफको शाखा रहेको जानकारी दिँदै सुदुरपश्चिमको सबै जिल्लामा कम्पनीको सेवा कुनै न कुनै रुपमा संचालन रहेको बताए । ‘जीवन बीमामा तल्लो वर्गको पनि पहुँच आवश्यक रहेकोले गुराँस लाइफ इन्स्योरेन्सले १० हजार रुपैयाँ देखि १ लाख ५० हजार रुपैयाँसम्मको बीमा योजना तथा सबै वर्गलाई लक्षित गरि नयाँ/नयाँ योजना कार्यान्वयनमा ल्याएको छ,’ उनले भने ।

कम्पनीका क्षेत्रीय प्रमूख मञ्जु अवस्थीले सुदुरपश्चीमका सबै जिल्लाहरुमा गुराँसको शाखा विस्तार गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL